एमाओवादी गठबन्धन अवसरवादी गुट : कांग्रेस नेता महत

287
  •  
  •  
  •  

ram-saran-mahatभक्तपुर, १८ माघ(ओएनएस) : नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. प्रकाश शरण महतले कांग्रेसलाई संविधानको श्रेय नदिन विपक्षीले बखेडा झिकेको आरोप लगाएका छन् । उनले विपक्षी दलहरूले सत्ताको हिस्सा आफ्नो पक्षमा पार्न कांग्रेसलाई संविधान जारी गर्न नदिएको बताए ।

रफत सञ्चार क्लवमा भक्तपुरमा आइतबार आयोजित कार्यक्रममा बोल्दै उनले विपक्षी आन्दोलनमा गएपनि त्यसको कुनै अर्थ नरहको बताएका छन् । उनले संविधानको बाधक एमाओवादीसहितको मोर्चा भएको भन्दै यो गठबन्धन अवसरवादी गुटका रुपमा देखा परेको टिप्पणी गरेका छन् ।

एमाओवादी लगायतका मोर्चाले सत्ताका लागि मात्र आन्दोलन गरेको आरोप लगाउँदै उनले एमाओवादीले संविधानसभापछि बन्ने सरकारको हैसियत खोजेको बताए । उनले बेमौसमको अन्दोलनले देशलाई निकास नदिने र संविधान जारीमा अवरोध मात्र उत्पन्न गर्ने देखेपछि मोर्चाकै अन्य दलहरूले समेत बिस्तारै मोर्चा छाड्दै जानुले नेपाल र नेपालीलाई अन्दोलन नभएर संविधान चाहिएको स्पष्ट छ ।

उनले संविधानसभा प्रक्रियामा गइसकेकाले नेपाली जनताको भावनअनुरुप संविधान जारी हुने विश्वास ब्यक्त गरेका छन् । नेपाली जनताको भावना मुखरित गर्ने सभा नै संविधानसभा भएकाले संविधानसभाबाट जारी भएको संविधान मात्र नेपाली जनताको हितमा हुने उनले बताए ।


  •  
  •  
  •