पूर्वअर्थमन्त्रीलाई बोतल हान्ने पक्राउ

251
  •  
  •  
  •  

नुवाकोट, २ चैत (ओएनएस): पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता डा रामशरण महतमाथि बोतल प्रहार गर्ने एक जना प्रहरी नियन्त्रणमा पुगेका छन्।

महतलाई पानीको बोतल प्रहार गर्ने दुप्चेश्वर–३ का रामहरि खड्कालाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए।

दुप्चेश्वर र तादी गाउँपालिका जोड्ने भुतखोल्चीमा बिहीबार पक्की पुलको शिलान्यास कार्यक्रममा महतमाथि बोतल प्रहार भएको थियो।

शिलान्यास समारोह चलिरहेको समयमा अकस्मात महतलाई पानीले भरिएको बोतल प्रहार गरेर गालीगलौज गर्न थालेपछि खड्कालाई लगत्तै नियन्त्रणमा लिइएको प्रहरी प्रमुख कुँवरले जानकारी दिए।


  •  
  •  
  •