
काठमाडौं । उपराष्ट्रपति पदका लागि मनोनयन दर्ता गराएका जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादवको उम्मेदवारी कायम रहने भएको छ। निर्वाचन अधिकृतको कार्यालयले यादवको उम्मेदवारी खारेज गर्नु नपर्ने निर्णय गरेको छ।
उनीविरुद्ध उम्मेदवारद्वय नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी नेतृ ममता झाले उजुरी दिएका थिए।
तर, आयोगले संविधानको व्यवस्थाअनुसार महिला नै हुनुपर्ने नभएको भन्दै यादवको उम्मेदवारी खारेज गर्नु नपर्ने जनाएको छ।