जन्तीको लस्कर जलेश्वरबाट जनकपुर पुग्दै

206
  •  
  •  
  •  

महोत्तरी, मंसिर ८  (ओएनएस) : भारतको अयोध्यास्थित कारसेवक परम जानकीघाटबाट मंसिर १ गते शुरु भएको भगवान रामको प्रतिकात्मक जन्तीको लस्कर जलेश्वरबाट जनकपुर पुग्दैछ ।
मटिहानीमा आइतबार राती बिश्राम गरि सोमबार जनकपुरको लागि प्रस्थान गरेको हो । जन्तीमा रामजानकी झाँकी तथा राजा दशरथको भेषमा हरिद्वाराका भगवान दासको सहभागिता छ । ११ सिंहासनसहित साना तथा ठुला सवारीसाधनमा तीन सयको संख्यामा जन्ती रहेको बताइएको छ । विश्व हिन्दु परिषदका सदस्य तथा ऋषिकेश्वरबाट डा. रामेश्वर दास बैष्ठवको सहभागिता छ ।
आइतबार राती भारत मधवापुरका वासिन्दाले स्वागत गर्नुका साथै मटिहानीस्थित लक्ष्मीनारायण मठका मानमहन्थ जग्गन्नाथ दासले आतिथ्य सत्कार गरेका थिए ।
जन्तीको लस्कर जनकपुर पुगेर मंसिर ९ गते तिलकोत्सव, १० गते मटकोर , ११ गते विवाहोत्सव तथा १२ गते रामकलेवा सम्पन्न गरि मंसिर १४ गते बीरगंज हुँदै अयोध्या जानेछ ।
यता भारतीय प्रधानमन्त्रीको लागि ब्राहविद्यामा बनाइएको मंचलाई रामजानकीको प्रतिकात्मक विवाहोत्सवमा प्रयोग गर्न सकिने बिषयमा जनकपुरमा छलफल भइरहेको छ ।


  •  
  •  
  •