मलेसियामा ग्याष्ट्रिकले लियो लिम्बुको ज्यान

242
  •  
  •  
  •  

malaysiaकाठमाडौ, ९ पुस(ओएनएस) : रोजगारीको सिलसिलामा मलेसियामा रहेका इलामका राम लिम्बूको मृत्यु भएको छ । मलेसियामा कार्यरत रहेका इलाम जितपुराका लिम्बुको ग्याष्ट्रिकका कारण मृत्यु भएको हो ।

विगत एक वर्षदेखी मलेसियाको केपुङस्थित देशपार्क सिटीको एरो गार्ड प्रोटेक्शन सेक्युरिटी कम्पनीमा कार्यरत उनको गत शुक्रबार निधन भएको हो । उनको नेपाल ल्याउन पहल गरिदिन नेपालस्थित उनका परिवारले नेपाली दुतावासलाफ अनुरोध गरेका छन् ।

लिम्बु अवैधानिक तरिकाले मलेसियामा बस्दै आएका थिए । तीनवर्षसम्म कम्पनीले प्रवेशाज्ञा नवीकरण नगरिदिएपछि उनी अवैधानिक तरिकाले मलेसिया बस्दै आएका थिए ।


  •  
  •  
  •