राष्ट्रपतिले शीर्ष नेताहरुलाई शीतल निवास बोलाए

126
  •  
  •  
  •  

ram baranकाठमडौं ८ चैत (ओएनएस) : राष्ट्रपति डा रामबरण यादवले आज छलफलका लागि दलहरुलाई बोलाएका छन् । आफ्नो चीन भ्रमणका विषयमा परामर्श गर्न र सहमतिका लागि दवाव दिन राष्ट्रपति यादवले दलहरुलाई शीतल निवासमा बोलाएका छन् । दिउँसो ४ बजेपछि दलहरुसँग छलफल हुनेछ ।

चीनको आइनाना प्रान्तमा हुने बोआओ एसिया सम्मेलनमा भाग लिन राष्ट्रपति यादव आउने बिहीबार चीन जाने कार्यक्रम  छ ।  राष्ट्रपतिले चीन भ्रमणका सार्थ संविधान निर्माणका मुद्दामा चासो राखेर दलहरुसँग छलफल गर्न उहाँको नीजि सचिवालयले जनाएको छ । छलफलमा प्रमुख तीन दलका तर्फबाट भने अध्यक्षसहित तीन÷तीन जनालाई आमन्त्रण गरिएको छ ।

नेपाली काँग्रेसका तर्फबाट प्रधानमन्त्री एवम् सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाललाई बोलाइएको छ । यस्तै, एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता डा बाबुराम भट्टराई र उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई आमन्त्रण गरिएको  छ ।


  •  
  •  
  •