राष्ट्रपति स्वदेश फिर्ता

151
  •  
  •  
  •  

काठमाडौं १८ चैत (ओएनएस) : राष्ट्रपति डा रामवरण यादव चीनको साताव्यापी भ्रमण पूरा गरी आज स्वदेश फर्किएका हुन् । उनी बिहान ११  काठमाडौं आइपुगेका हुन् ।

यादव विमानस्थलबाट नयाँ बानेश्वर, माइतीघर, पुतलीसडकको रुटबाट शीतल निवास पुगेका हुन् । त्यस क्रममा राजधानीकाे सडक केहिबेर जाम भएकाे थियाे  ।

कुनै एक दुई ठाउँमा केहीबेर जाम हुने बित्तिकै त्यसको असर काठमाडौंका प्रायः सबै व्यस्त सडकमा पर्छ । एकछिनको जामले दिनभर नै ट्राफिक व्यवस्था अस्तव्यस्त हुन्छ । गणतन्त्र आइसक्दा समेत ‘भीआइपी’ ओहोरदोहोर गर्ने बेला सडक खाली गर्ने प्रवृत्तिबाट नागरिकलाई आक्रोश र सास्ती थप्ने काम गरेको छ ।

राष्ट्रपतिको निजी सचिवालयका अनुसार बिहान काठमाडौंमा आउनअघि प्रधानमन्त्री सुशील कोइराला, सरकार मन्त्रीहरु विमानस्थलमा स्वागतका लागि पुगेका थिए ।

चीन सरकारको निमन्त्रणमा चैत १२ गते चीनको दक्षिणी हेनान प्रान्तकोबोआओ शहरमा आयोजित एसियाका लागि बोआओ मंचको वार्षिक सम्मेलनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेका थिए ।  चीन भ्रमणक्रममा बोआओ सम्मेलनलाई सम्बोधन गर्नुका साथै उनले चिनियाँ समकक्षी सि जिनपिङ, अस्ट्रियाका डाक्टर हेनिज फिस्चर र स्वीडेनका प्रधानमन्त्री स्टेफन लफभेनसँग भेटवार्ता गरेका थिए ।


  •  
  •  
  •