सडकमै यौन हिंसा ? खबरदार !

390
  •  
  •  
  •  

Pic for media secondकाठमाडौं ४ बैशाख (ओएनएस) : अन्तर्राष्ट्रिय सडक दुर्व्यवहारविरूद्धको सप्ताहव्यापी दिवस–२०१६ का सन्दर्भमा सार्वजनिक स्थान तथा यातायातका साधनहरुमा महिलामाथि हुने दुर्व्यवहार र यौनजन्य हिंसालाई नियन्त्रणका लागि जनचेतना फैलाउने उद्देश्यले राजधानीमा बृहत सडक र्याली तथा चेतनामूलक नाटक प्रर्दशन भएको छ ।

युथ एड्भोकेसी नेपालको संयोजन तथा एक्सनएड नेपाल, सकारात्मक विकास संचार केन्द्र, सोपान लगायत १८ वटा सामाजिक संघसंस्थाहरुको आयोजनामा राजधानीको भृकुटीमण्डपबाट र्याली सुरू भई सहिदगेट सुन्धारा हुँदै शान्तिवाटिकामा पुगेर कोणसभामा परिणत भएको थियो । Photo for media

र्यालीको औपचारिक उद्घाटन राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव ढुंगेलले गरेका थिए । सडक दुव्र्यवहार रोक्नका लागि युवा परिषदले युवा परिचालन गर्ने ढुंगेलले बताए । कोणसभामा नेकपा एमालेकी सांसद जयन्ती राईले सडकमा महिलामाथि हुने दुव्र्यवहार र हिंसा रोक्नका लागि संसदले विशेष कानुनको तर्जुमा गर्नुपर्ने र नयाँ कानुन निर्माणका लागि संसदमा आफुले पहल गर्ने बताइन् ।

एनेकपा माओवादीका सांसद धनिराम पौडेले सार्वजानिक स्थानमा महिलामाथि हुने दुव्र्यवहार रोक्नका लागि कानुनहरु भए पनि ती कानुनहरु पर्याप्त नभएको टिप्पणी गरे । साथै, दुव्र्यवहार कर्तामा सचेतनाको अभाव रहेको बताउँदै सडक दुव्र्यवहार तथा हिंसा नियन्त्रणका लागि सरकार, दल, नागरिक समाजले हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा उनको जोड थियो ।

उक्त कार्यक्रममा सकारात्मक विकास सञ्चार केन्द्रका अध्यक्ष भीम लामाले सरकारका तीनओटा महत्वपूर्ण अंगमा महिलाको सहभागिता भएको ऐतिहासिक सन्र्दभमा प्रभावकारी रुपमा कानुन कार्यन्वयन गर्नुपर्ने माग राखे । स्थानीय निकायदेखि नै माथिल्लो निकायसम्म महिलाको निर्णायक सहभागिता रहनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रमका संयोजक नरेन्द्र खतिवडाले महिला, किशोरी तथा तेस्रो लिङ्गी समुदायलाई निजी तथा सार्वजानिक स्थलमा गरिने दुव्र्यवहार सामाजिक अपराध भएकाले उक्त अपराध नियन्त्रण गर्न छुट्टै कानुन तर्जुमा गर्नुपर्ने बताए । कार्यक्रममा महिला अधिकारकर्मी, नागरिक समाज, युवा विद्यार्थी, सञ्चारकर्मी, प्रहरी प्रशासनको लगायत सहभागिता रहेको थियो ।


  •  
  •  
  •