समस्या समाधानका लागि दवाव दिन नागरिक र्‍याली

209
  •  
  •  
  •  

काठमाडौँ, १२ मंसिर(ओएनएस) : भारतीय नाकाबन्दी तथा तराई मधेसको आन्दोलन समाधान गर्न दवाव दिनका लागि नागरिक र्‍याली निकालिने भएको छ ।

काठमाडौमा आज दिउँसो २ बजे बबरमहलबाट निकालीने र्‍यालीमा सयौ नागरिकको सहभागिता रहने अनुमान गरिएको आयोजकको भनाइ छ । मधेसमा चलिरहेको आन्दोलनको तत्काल समाधान गर्न र नाकाबन्दीको विकल्प खोज्न माग गर्दै दवाव दिन लागेको आयोजकले बताएका छन् ।

सामाजिक सञ्जालकर्ताहरुको प्रयासमा हुन लागेको र्‍यालीमा नागरिक समाजका अगुवाको पनि सहभागिता रहनेछ ।


  •  
  •  
  •