रक्तभोगका छायांकन अन्तिम चरणमा

159
  •  
  •  
  •  

काठमाडौं ११ कात्तिक (ओएनएस) : चितवनको माडीमा बोक्सीको आरोप लगाउदै  दुई बर्ष अगाडी ज्युदै जलाइएकी महिला ढेगनीदेवीको जीवनमा आधारित  निर्माणाधिन  चलचित्र रक्तभोगको छायांकन अन्तिम चरणमा पुगेको छ ।

चलचित्रको करिब ८० प्रतिशत छायांकन सकिएको चलचित्रका कार्यकारी निर्माता कृष्णाराज तिवारीले बताए । माडीमा सबै छायांकन सकाएर बाँकी अब काठमाडौंमा चलचित्रको छायांकन गरिने उनले जानकारी दिए ।

समाजमा भइरहेका यथार्थ घटनामा आधारित भएकोले  चलचित्रले दर्शकको मनमुटु छुने निर्देशक विवि फुयालले बताएका छन् ।
10745068_368653593293026_859524232_n

चलचित्रले नेपाली समाजमा केहि परिवर्तन र केहि सन्देश दिने निर्देशक फुयालले बताए ।अन्ध विश्वास,विकृति,कुरीतालाई अंगालेर बसेका मानिसहरुको विकृति मानसिकतालाई चिरफार गरी समाजिक जनचेतना जगाउदै शान्ति,सभ्य सम्वद्ध अनी भयमुक्त समाजको निर्माण गर्नु प्रमुख लक्ष्य रहेको चलचित्रका कार्यकारी निर्माता कृष्णाराज तिवारीले बताए ।

चलचित्रमा शारिका घिमिरे,शैलेस पौडेल,कृष्णाराज तिवारी,ज्योति सापकोटा,रचना पौडेल,रामचन्द्र लम्साल,रवि खनाल,पोद राज पौडेल आदीको अभिनय रहेको छ ।


  •  
  •  
  •