तराईमा रक्षाबन्धन धुमधामका साथ मनाइँदै

245
  •  
  •  
  •  

janai purnima in kumveshwor7
विराटनगर, २३ साउन (अाेएनएस) : अाज तराईका जिल्लामा रक्षाबन्धन पर्व धुमधामका साथ मनाइँदै छ ।

खासगरी तराईका मैथिल समुदाय, थारू, राजवंशी, गणगाईलगायत आदिवासीले मिथिला पञ्चाङका आधारमा सम्पूर्ण धार्मिक कार्य र विवाहसमेत गर्दै आइरहेका छन् ।

सो पञ्चाङका आधारमा बिहान ११ देखि मध्याह्न २ बजेसम्म शुभसाइतमा रक्षाबन्धनका साथै ब्राह्मणबाट रक्षासूत्र बाँध्न कार्य भइरहेकाे छ । 

सोमबार राति ११ बजेर ७ मिनेटदेखि चन्द्रग्रहण लाग्ने भएकाले निर्धारित समयमा गर्दा कुनै प्रकारको कुप्रभाव नपर्ने पण्डित चन्द्रमोहन झाले बताए । साउन पूर्णिमाका दिनमा यो पर्व मनाउने गरिएको यस पर्वका अवसरमा दाजुभाइलाई दिदीबहिनीले रक्षाबन्धन बाध्ने गर्छन् ।

सो अवसरमा दाजुभाइले दिदीबहिनीको रक्षाको वचनका साथै आ–आफ्ना क्षमताअनुसार उपहार दिने गर्छन् । सरकारले आज तराईका २० जिल्लामा सार्वजनिक विदासमेत दिएको छ ।


  •  
  •  
  •