विजेता टीमलाई पुरस्कारका लागि राखेपले सरकारलाई सिफारिस गर्ने

165
  •  
  •  
  •  

काठमाडौं, १३ कात्तिक (ओएनएस) : राष्ट्रिय खेलकुद परिषद्ले आइसीसी वल्र्ड  क्रिकेट लिग डिभिजन थ्रीको उपाधि विजेता नेपाली टीमलाई पुरस्कारका लागि सरकारलाई सिफारिस गर्ने भएको छ ।

नेपाली टोलीको सफलताका लागि राष्ट्रिय खेलकुद परिषद्ले युवा तथा खेलकुद मन्त्रालय मार्फत तत्काल नेपाल सरकार समक्ष सदाझै उचित पुरस्कारको व्यवस्थाका लागि सिफारिस गर्ने जानकारी गराउन चाहने बताएको छ ।

विहीवार एक प्रेस विज्ञप्ति जारी गरी सो बताएको हो ।
साथै युगान्डालाई ६२ रनले हराउँदै नेपाल च्याम्पियन बनकोमा राखेप सदस्य सचिव युवराज लामाले खेलाडी र प्रशिक्षकलाई बधाइ दिएका छन् ।


  •  
  •  
  •