राखेप सदस्य सचिवमा पुनः सिलवाल

61
  •  
  •  
  •  

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा रमेशकुमार सिलवाल पुनः नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सिलवाललाई चार वर्षका लागि सदस्य सचिवमा नियुक्त गरको हो । नयाँ खेलकुद विकास ऐन २०७७ कार्यान्वयनपछि स्वत खारेज भएको सदस्य सचिवको पदमा पहिलो पटक छनोटका आधारमा सिलवाल पुनःनियुक्त भएका हुन् ।

त्यस्तै राखेपमा पहिलो पटक खुला आह्वानद्वारा सदस्य सचिव नियुक्त भएका हुन् । नयाँ ऐनअनुसार युवा तथा खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वमा रहेको सिफारिस समितिले पठाएको एक महिलासहित तीन जनामध्येबाट सिलवाल सदस्य सचिव नियुक्त भएका हुन् ।
युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया, राखेपकी पूर्वसदस्य इन्दिरा निरौला र राखेपका पूर्वअधिकृत रिम रानाभाट सदस्य रहेको समितिले सिलवासहित राष्ट्रिय महिला भलिबल टोलीकी पूर्वकप्तान अन्जु श्रेष्ठ र नेपाल भलिबल सङ्घका पूर्वउपाध्यक्ष लिलबहादुर थापाको नाम सिफारिस गरेको थियो ।
सदस्य सचिव पदका लागि २७ जनाले आवेदन दिएका थिए ।


  •  
  •  
  •