अंगीकृत नागरिकताबारे सुझाव दिन उपसमिति गठन

731
  •  
  •  
  •  

काठमाडौं, ७ चैत(ओएनएस) : अंगीकृत नागरिकता दिने विषयमा सुझाव दिन संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले ९ सदस्यीय उपसमिति गठन गरेको छ ।

फाइल तस्बिर

बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकमा ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ माथिको छलफलको क्रममा समितिका सदस्यहरुबीच अंगीकृत नागरिकताको विषयमा मतभेद भएपछि समस्या समाधानका लागि आवश्यक सुझाव दिन उपसमिति गठन गरिएको हो ।

उक्त उपसमितिमा नेकपाबाट विजय सुब्बा, यशोदा सुवेदी गुरुङ, नवराज सिलवाल, लक्ष्मी चौधरी, कांग्रेसबाट देवेन्द्रराज कँडेल, मीना पाण्डे, संघीय समाजवादी फोरमबाट रामसहाय प्रसाद यादव, राजपाबाट राजकिशोर यादव, नेमकिपाबाट प्रेम सुवाल रहेका छन् ।

विशेषगरी अंगीकृत नागरिकता र लैंगिक समानताका विषयमा सांसदहरु मतैक्य हुन नसकेपछि विवाद टुंग्याउन राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकले उपसमिति गठन गरिएको हो ।

बैठकमा समितिका सदस्यहरुले १० वर्ष पूरा नभएका नेपाली नागरिकले विवाह गरेका विदेशी महिलालाई अंगीकृत नागरिकता दिन नपाउने व्यवस्था गर्न सरकारसँग माग गरेका थिए ।

विदेशबाट विवाह गरेर ल्याइने बुहारी र विदेशी ज्वाइँलाई नागरिकता दिने विषयमा दुईथरी धारणा आएका थिए ।
यो उपसमितिले विभिन्न दलका शीर्ष नेतासँग छलफल गरी नमिलेका विषय टुंग्याउने बताइएको छ ।


  •  
  •  
  •