गायक राजु लामाले गरे सगरमाथा आरोहण

133
  •  
  •  
  •  

काठमाडौं । गायक राजु लामाले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन् । सोमबार बिहान ६ बजेर ४० मिनेट जाँदा लामासहित २७ जनाको आरोही टोली चुचुरोमा पुगेका हुन् ।
इम्याजिन नेपाल एक्सपिडिसनले दिएको जानकारी अनुसार लामाले ८८४८.८६ मिटर अग्लो सगरमाथा चढेका हुन् । आरोहण दलको नेतृत्व गरेका मिङ्मा जीले भने अक्सिजनबिनै चुचुरो चढेका थिए ।

उक्त दलमा नेपाल, चीन, अष्ट्रेलिया, रुस र पाकिस्तानका आरोही सहभागि थिए ।जलवायु परिवर्तनको असरबारे सन्देश दिन लामाले सर्वोच्च शिखर चढेका हुन् । साथै ६,५७४ मिटर उचाइको क्याम्प ३ मा कन्सर्ट समेत गरेका थिए ।


  •  
  •  
  •