आईपिएलमा राजस्थानको रोमाञ्चक जीत, पञ्जाब पनि विजयी

172
  •  
  •  
  •  

deepak hoodaकाठमाडौ, ३० चैत(एजेन्सी) : इण्डियन प्रिमियर लिग(आईपिएल)मा गयराती सम्पन्न खेलहरूमा राजस्थान रोयल्स र किङ्ग्स इलेभन पञ्जाव विजयी भएका छन् । गयराती सम्पन्न खेलमा राजस्थान रोयल्सले दिल्ली डेयरडेभिल्समाथि रोमाञ्चक ३ विकेटको जित हासिल गरेको छ भने पञ्जावले मुम्बई इण्डियन्समाथि १८ रनको जित निकालेको छ ।

पहिलो खेलमा राजस्थान रोयल्सले पछ्याएको १ सय ८५ रनको विजय लक्ष्य अन्तिम बलमा भेट्टाएको थियो । अन्तिम बलमा ३ रन चाहिएको अवस्थामा टिम साउदीले चौका प्रहार गर्दै टोलीको जित सुनिश्चित गरेका थिए । रोयल्सका लागि दीपक हुड्डाले विस्फोटक ५४ रन जोडेका थिए भने अजिक्य रहाणेले ४७ रन जोडेका थिए । दिल्लीका तर्फबाट इमरान ताहिरले ४ विकेट, अमित मिश्राले २ र एन्जेलो म्याथुजले १ विकेट लिएका थिए ।

यसअघि टस हारेर ब्याटिङ थालेको दिल्लीले निर्धारित २० ओभरमा १ सय ८४ रन जोडेको थियो । उसका लागि कप्तान जेपी डुम्नीले अविजित ४४ रन, श्रेयस आयरले ४० रन, मानांक अग्रवालले ३७ रन, एन्जेलो म्याथुजले अविजित २७ र युवराज सिंहले २७ रन जोडेका थिए । रोयल्सका लागि क्रिस मोरिसले २ विकेट र टाम्बेले १ विकेट लिएका थिए । खेलको म्यान अफ दी म्याच दीपक हुड्डा घोषित भए ।

गयराती नै भएको दोस्रो खेलमा १ सय ७८ रनको विजय लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५९ रन मात्र जोड्न सफल भयो । उसका लागि हरभजन सिंहले विस्फोटक ब्याटिङ गर्दे २४ बलमा ६४ रन जोडेका थिए भने जगदिश सुचिथले अविजित ३४ रन जोडेका थिए । यता पञ्जाबका लागि अनुरित सिंह, मिचेल जोनसन, अक्षर पटेलले समान २-२ विकेट र सन्दिप शर्माले १ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ थालेको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७७ रन जोडेको थियो । उसका लागि कप्तान जर्ज बेलीले विस्फोटक ब्याटिङ गर्दै ३२ बलमा ६१ रन जोडेका थिए । यस्तै, विरेन्द्र सहवागले ३६ रन, मुरली विजयले ३५ रन र डेभिड मिलरले २४ रन जोडेका थिए । मुम्बईका लागि हरभजन सिंहले २ विकेट र सुचिथ र मलिंगाले समान १-१ विकेट लिएका थिए । खेलको म्यान अफ दी म्याच जर्ज बेली घोषित भए ।


  •  
  •  
  •