विहेपछि यस्तो छ राजेश हमालको दिनचर्या

76
  •  
  •  
  •  

आम नेपालीको उमेरभन्दा निकै ढिलो विवाह बन्धनमा बाँधिएका नायक राजेश हमाल यतिखेर दाम्पत्य जीवनको मजा लिइरहेका छन्। साथसाथै वैवाहिक जीवनको जिम्मेवारी पनि पूरा गरिरहेका छन्।

बिहे गरेको केही महिनाभित्रै हमालले आफ्नो अभिभारासमेत बढेको महसुस गरेका छन्। ‘अब त अभिभारा पनि बढ्यो नि। एक्लै हुनु र जोडी हुनुमा धेरै फरक रहेछ’, हङकङमा हुन गईरहेको सातौं नेफ्टा फिल्म अवार्डको ब्रान्डिङ एग्रिमेन्ट कार्यक्रमबाट हतार–हतार निस्कँदै गर्दा आइतबार हमालले नेपाल समाचारपत्रसँग भने– ‘पहिले–पहिले यस्तो समारोह सकिएपछि सीधै बिहे, व्रतबन्धको कार्यक्रममा आफू एक्लै पुगे हुन्थ्यो। अब चाहिँ घर पुगेर श्रीमतीलाई लिएर जानुपर्छ।’ कार्यक्रममा आफ्नो कुरा राखिसकेर हमाल समारोह नसकिकनै बिदा भएका थिए। ‘मन्त्रीज्यू, माफ गर्नुहोला। मचाहिँ एउटा बिहेमा जानैपर्नेछ’, कार्यक्रममा सहभागी भएका सूचना तथा सञ्चार मन्त्री डा. मिनेन्द्र रिजालतिर हेर्दै राजेश भन्दै थिए– ‘त्यसैले चाहँदा चाहँदै पनि तपाईंको भाषण सुन्नसमेत असमर्थ भएको छु।’ पोर्टिएमबाटै यसो भनेपछि हमाल कार्यक्रम सकिनुअघि नै ड्यासमा रहेका सबै जनासँग बिदा भएर हतार–हतार नयाँ वानेश्वरस्थित एभरेस्ट होटलबाट बाहिरिएका थिए। ‘कजनको बिहेमा जानु छ। निकै नै ढिलो भइसक्यो’ –हमालले नेपाल समाचारपत्रसँग भने।

राजेशले बिहे, व्रतबन्धजस्ता समय र अवसरमा मात्र नभई अन्य बेला पनि आफ्नी पत्नी मधु भट्टराईलाई यथेष्ट समय दिइरहेका छन्। नेफ्टा अवार्डमै हङकङको निम्तालु रहेका एक नायकले ‘बरु खाना र ट्राभलको पैसा पनि मै तिर्छु’ भनिरहेका बेला हमालले भने राजधानी र देश बाहिर हुने कार्यक्रममा मधुलाई पनि साथमा लगेर आयोजकलाई भार थप्ने काम भन्ने गरिरहेका छैनन्। बिहेलगत्तै अस्ट्रेलियाको एक कार्यक्रममा मधुलाई काठमाडौंमै छोडी एक्लै पुगेका हमाल राजधानीभित्रै हुने कार्यक्रममा पनि उनलाई नलगी व्यावसायिक कलाकारको परिचय प्रदर्शन गरिरहेका छन्।
हमालले गत तीजको बेलामा पनि मधुलाई राम्रै समय मात्र दिएनन्, उनको तीज पहिरनको फोटोसमेत आफ्नो फेसबुक टाइमलाइनमा शेयर गरे। रातो पहिरनमा सजिएकी मधुको विभिन्न पोजको तस्वीर पोस्ट गर्दै हमालले फेसबुकमा लेखेका थिए– ‘ल मधुलाई पनि तीज लागेछ। प्रसस्त पानी पिइराखेको छ। साँझ फ्रट्स, नुट्स र जुम्लाबाट ल्याएको स्याउको जुस खाने रे। यो हेर्दा हप्ताको एक दिन म पनि तीजको व्रत बसुँजस्तो लाग्यो।’ नेपालसमाचारपत्रबाट


  •  
  •  
  •