प्रधानमन्त्री अाेलीले दिए राजपालाई भेट्ने समय

62
  •  
  •  
  •  

काठमाडौं,२७ साउन (ओएनएस) : सत्तारुढ दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्न खोज्दा समय नदिएको भन्दै रिसाएपछि अन्तत: अाेली भेट्ने मिलाएका छन्।

विगतमा गरिएकाे ३ बुँदे सहमतिको कार्यान्वयनबारे जानकारी लिन अध्यक्षमण्डलका सबै सदस्यहरुले प्रधानमन्त्रीलाई सामूहिक भेटेर अल्टिमेटम दिन खोज्दा भेट्न समय दिएका थिएनन्।

राजपा नेपालले साउन ३ गते प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएको थियो । तर त्यो ज्ञापनपत्रको विषयमा प्रधानमन्त्री ओलीले कुनै प्रतिक्रिया नदिएपछि त्यसका बारेमा छलफलका लागि समय माग गरेको अध्यक्षमण्डलका सदस्य महेन्द्रराय यादवले बताए ।

उनले भने, ‘सविधान संशोधन, थुनामा रहेका आन्दोलनकारीको रिहाइ तथा मुद्दा फिर्ता लगायतको विषयमा विस्तृत कुरा गर्न प्रधानमन्त्रीसँग समय माग गरिएको थियो ।’

आज साँझ ६ बजे राजपाका नेताहरुले प्रधानमन्त्रीलाई भेट्ने बताइएको छ ।

संविधान संशोधन, मधेस आन्दोलनको क्रममा लगाइएका झुटा मुद्दा फिर्ता, रेशम चौधरीलाई सांसद पदको सपथ दिलाउने र मधेसको समग्र विकास निमार्णको खाकाबारे विगतमा सरकारसँग ३ बुँदे सहमति भएकाे अध्यक्षमण्डलका संयोजक ठाकुरले बताए ।


  •  
  •  
  •