राजपाले प्रम अाेलीलार्इ चेतावनीसहितकाे ज्ञापन पत्र बुझाउने

473
  •  
  •  
  •  

काठमाडौं, १७ असाेज (ओएनएस) : राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले प्रधानमन्त्री केपी अाेलीलार्इ चेतावनीसहितकाे ज्ञापन पत्र बुझाउने तयारीमा जुटेकाे छ। राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधनका लागि आगामी सोमबार जिल्ला प्रशासन कार्यालयहरुबाट प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने तयारी भइरहेकाे बताए।

उनका अनुसार संविधान संशोधन गर्न र अपराधी पत्ता लगाइ पक्राउ गर्न माग राख्दै ज्ञापन बुझाइने छ । बुधबार राजविराजमा पत्रकारहरुसँग कुरा गर्दै नेता महतोले ज्ञपानपत्र बुझाउने लगायत समसामायिक विषयमा जानकारी दिएका हुन्।

‘मुलुकमा देखिएको समस्याको समाधान होस् भन्नका लागि राजपाले ज्ञापन बुझाउनेछ,’ उनले भने, ‘मुलकमा भ्रष्टाचार बढेको छ, हत्या, हिंसा, बलात्कार बढेको छ । महँगीले जनता हैरान भएका छन् । यी समस्याहरुको समाधान नभएसम्म मुलुक अगाडि बढ्न सक्दैन् ।’ यसअघि संविधान संशोधनकै लागि सरकारलाई समर्थन दिएको राजपाले अहिलेसम्म संशोधन हुन नसकेकोप्रति रुष्टता प्रकट गरेको छ ।


  •  
  •  
  •