राजपाले संसदीय दलको नेता छान्न किन गर्दैछ किन ढिलाई ?

259
  •  
  •  
  •  

९ चैत्र, काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको बैठक बस्न नसकेका कारण संसदीय दलको नेता चयन गर्न ढिला भएको  गोरखापत्रमा खबर छ  ।

प्रतिनिधि सभामा रहेका पाँच दलमध्ये चारवटा दलले संसदीय दलको नेता चयन गरे पनि राजपा नेपालले अझै चयन गर्न सकेको छैन । संसदीय दलको नेताका लागि राजपा नेपालका संयोजक महन्थ ठाकुर, अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो र महेन्द्र राय यादव आकाङ्क्षी रहेको  पार्टी स्रोतले जनाएको छ ।
राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारीले चाहिँ संसदीय दलको नेता को हुन्छन भन्नेबारे कुनै छलफल नभएको बताए  ।
अध्यक्ष मण्डलका सदस्य काठमाडौँ बाहिर भएका कारण बैठक बस्न नसकेको बताउँदै उनले बैठक बस्ने बित्तिकै त्यसको टुङ्गो लाग्ने बताए ।


  •  
  •  
  •