उच्चस्तरीय राजनीतिक समितिको पहिलो बैठक आज

57
  •  
  •  
  •  

काठमाडौं २५ असोज (ओएनएस) : उच्चस्तरीय राजनीतिक समितिको पहिलो बैठक आज बस्दैछ । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड नेतृत्वमा बस्न लागेको बैठकमा समितिको पूर्णता र च्यसकबो कार्यविधिका विषयमा छलफल हुनेछ ।

४ बजे प्रधानमन्त्री निवास बालुबाटारमा बैठक बोलाइएको छ । बैठकमा समितिमा सबै दलका तर्फबाट कसकसलाई राख्ने र समितिको कार्यविधि, क्षेत्राधिकार के हुने भन्ने विषयमा निणर्य हुनेछ । समितिमा कांग्रेस, एमाले र एमाओवादीका तर्फबाट तीन–तीनजना सदस्य रहने भनिएपनि सदस्यहरु चुनिएका छैनन् ।

यस्तै मधेसी दलहरूका तर्फबाट संयुक्त रूपमा तीन सदस्य रहेने व्यवस्था छ भने राप्रपा नेपाल र नेकपा (माले)का तर्फबाट एक–एक सदस्य रहनेछन् । दलहरुबीचको सहमति अनुसार सुरुका दुई महिना प्रमुख प्रतिपक्षी एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले उच्चस्तरीय समितिको नेतृत्व गर्नु हुनेछ ।

त्यसपछि समितिमा आबद्ध अन्य दलबीच नेतृत्व हस्तान्तरण हुनेछ । शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गरुन्जेलसम्म समिति कायम रहने पनि दलहरुबीच सहमति भएको छ ।


  •  
  •  
  •