प्रतिवेदन पेश नगर्ने ४१ राजनीतिक दललाई कारबाही

103
  •  
  •  
  •  

काठमाडौं । निर्वाचन आयोगले तोकिएको अवधिभित्र आयव्ययको लेखापरीक्षण प्रतिवेदन पेश गर्न नसक्ने ४१ राजनीतिक दललाई कारबाही गरेको छ।

लेखापरीक्षण प्रतिवेदन पेश गर्न नसक्ने बारेमा सफाइसहितको स्पष्टीकरण पेश नगरेको भन्दै आयोगले ५० हजार रूपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो। २०७८/१/७ गते आयोगले राजनीतिक दललाई प्रतिवेदन बुझाउन सूचना जारी गरेको थियो।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५४ को उपदफा (१) को खण्ड (घ) बमोजिम लगातार तीन वर्षसम्म लेखा परीक्षण प्रतिवेदन नबुझाउने ४१ दललाई जरिवाना तिराउने निर्णय गरिएकाे आयाेगले  शुक्रबार सूचना जारी गरि जनाएकाे छ।

आयाेगकाे सूचनामा सफाई सहितको स्पष्टीकरण पेश नगरेकोले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४४ को उपदफा (१) बमोजिम १० हजार देखि ५० हजारसम्म जरिवाना हुन सक्ने कानूनी प्रावधान बमोजिम प्रत्येक राजनीतिक दललाई ५० हजारका दरले जरिवाना गरिएकाे जनाएकाे छ।


  •  
  •  
  •