भारतीय गृहमन्त्री राजनाथ सिंह काठमाडौमा

64
  •  
  •  
  •  

काठमाडौं, २ असोज (ओएनएस) : भारतीय गृहमन्त्री राजनाथ सिंह काठमाडौ आईपुगेका छन । सार्क गृहमन्त्री स्तरीय बैठकमा भाग लिन उनी नेपाल आएका हुन । सार्क गृहमन्त्री स्तरीय बैठकमा भाग लिन आए पनि उनले यहाँ रहँदा राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

उनले प्रमुख दलका शिर्षनेताहरुसँग भेट्ने कार्यक्रम रहेको छ । सिंहले ४ बजे आज प्रधानमन्त्री सुशिल कोइरालासँग सिंहदरवार स्थित कार्यालय र साढे चार बजे उपप्रधान तथा गृहमन्त्री बामदेब गौतमसँग भेटवार्ता गर्दैछन भने भेली उनले प्रमुख दलका शिर्ष नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । 

त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा भारतीय जनता पार्टीको सरकारको प्रमुख प्राथमिकता छिमेकीहरुसँगको सम्बन्ध विस्तार रहेको भन्दै नेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको बताए । गृहमन्त्री स्तरीय बैठकमा सार्क क्षेत्रमा भईरहेको आतंकबाद रोक्ने उपाय, सीमा पार अपराध, नक्कली नोटको कारोवार लगायतका विषयमा छलफल हुने उनले जानकारी दिए ।


  •  
  •  
  •