काठमाडौं २२ पुस । बेलायती राजकुमार एन्ड्र्युमाथि एक नाबालिगसँग जबरजस्ती यौनसम्बन्ध राखेको आरोप लागेको छ । राजकुमारका पूर्वमित्र तथा यौन अपधाधका दोषी जेफ्रे एप्सटिनको सुनुवाइका क्रममा एउटा अमेरिकी अदालतमा पेस गरिएको दस्तावेजमा उनले एकजना नाबालिग यौनदासीसँग अवैध सम्बन्ध राखेको उल्लेख गरिएको हो । समाचार सार्वजनिक भएलगत्तै बेलायती राजदरबार बकिंघमले राजकुमार एन्ड्र्युबाट त्यस्तो कार्य नभएको भन्दै दस्तावेजलाई अस्वीकार गरेको छ । राजकुमार एन्ड्र्यु महारानी एलिजावेथका कान्छा छोरा हुन् ।
ङ्खलोरिडाको अदालतमा एक महिलाले पेस गरेको कागजातमार्फत राजकुमारको नाम बाहिर आएको छ । ती महिलाले सन् १९९९ देखि २००२ को बीचमा आफूलाई एप्सटिनले राजकुमारसँग यौन सम्बन्ध राख्न बाध्य पारिएको बताएकी छन् । त्यो बेला ती महिला १७ वर्षकी मात्र थिइन् । बकिंघम दरबारले कानुनी मामिलामा कुनै टिप्पणी गर्न नचाहेको तर यो आरोप आधारहीन भएको बताएको छ । दरबारका प्रवक्ताले भने, ‘यो अमेरिकामा लामो समयदेखि चलिरहेको एउटा मुद्दासँग सम्बन्धित छ जसमा यार्कका ड्र्युक संलग्न छैन ।’
‘हामी यसमा कुनै टिप्पणी गर्न चाहँदैनौं तर कुनै पनि नाबालिगसँग अनुचित काम गरेको कुरा पूर्ण रूपमा गलत हो,’ उनले अगाडि भने । यो निकै पुरानो कानुनी कारबाही सन् २०११ मा एक अमेरिकी व्यापारी जेफ्रे एप्सटिनविरुद्ध सुरु गरिएको थियो । त्यस बेला एक नाबालिगलाई वेश्यावृत्ति गर्न बाध्य पारेको आरोपमा उनलाई १८ महिना कैदसमेत भएको थियो । सो समाचार सार्वजनिक भएपछि आङ्खना मित्र एप्सटिन भएका कारण राजकुमारले सार्वजनिक रूपमा माफी माग्नुपरेको थियो । राजकुमारले उनीसँग मित्रता गर्नु आङ्खनो सबैभन्दा ठूलो भूल भनेका थिए ।
बकिंघम दरबारले यो बेला पहिलो पटक यस्तोखाले वक्तव्य जारी गरेको हो । विगतमा यस्ता आरोप सार्वजनिक भए विज्ञप्ति जारी नगरी आफैं चिसिएर जाने अपेक्षा गरिन्थ्यो । अदालतमा पेस गरिएको दस्तावेजमा नाम नखुलाइएकी महिलाले आफूलाई तीन पटक फरक–फरक स्थानमा राजकुमारसँग सम्बन्ध कायम गर्न बाध्य पारिएको बताएकी छन् । उनले लन्डन, न्युयोर्क र एप्सटिनको क्यारेबियानमा रेको निजी टापुमा यौन सम्बन्ध राख्न लगाएको बताइन् । राजकुमार एन्ड्र्यु एल्बर्ट एडवार्ड क्रिस्सियन बकिंघम दरबारमा सन् १९६० मा जन्मिएका थिए । उनी महारानी र ड्र्युक अफ एडिनबराका तेस्रो सन्तान हुन् । उनले रोयल नेभीमा एक हेलिकोप्टर पाइलटका रूपमा कामसमेत गरेका छन् भने सन् १९८२ मा फकल्यान्ड युद्धमा भाग लिएका थिए । सन् १९८६ मा साराह फर्गसनसँग विवाह गरेपछि उनका दुई छोरी छन् ।