चलचित्र विकास बोर्डको अध्यक्षमा राई नियुक्त

147
  •  
  •  
  •  

rajkumar raiकाठमाडौ, २२ जेठ (ओएनएस) : सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा राजकुमार राईलाई नियुक्त गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषदले राईलाई अध्यक्षमा नियुक्त  गर्ने निर्णय गरेको हो ।

५ महिना रिक्त्तपछि सरकारले बोर्डमा नयाँ अध्यक्ष नियुक्त्त गरेको हो । चलचित्र निर्माता संघका अध्यक्ष राई सत्तारुढ नेपाली कांग्रेस निकट मानिन्छन् । यसअघि धर्मेन्द्र मरवैताले पद छाडेपछि बोर्ड अध्यक्ष विहीन भएको थियो ।

यता मन्त्रिपरिषद्ले वरिष्ठ पत्रकार  प्रतिक प्रधानलाई प्रधानमन्त्रीको प्रेस सल्लाहकार नियुक्त गरेको छ । मन्त्रिपरिषदको शुक्रबारको बैठकले राज्यमन्त्री सरहको सुविधा पाउने गरी प्रेस सल्लाहकार नियुक्त गरेको हो ।

प्रधानले अघिल्लो हप्तामात्र नागरिक दैनीकको प्रधान सम्पादक पदबाट राजीनामा दिएका थिए । त्यसअघि प्रधान कारोबार दैनीक र दी काठमाडौं पोष्टका सम्पादक थिए ।


  •  
  •  
  •