काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिमण्डलमा रहेका ७ जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन्।
पूर्व माओवादी र पूर्व एमालेको माधव नेपाल समूहबाट मन्त्री भएकामध्ये ७ जनाले राजीनामा दिएका छन्। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर मन्त्रीहरूले सामूहिक राजीनामा दिएका हुन्।
उनीहरूले सिंहदरबारमा रहेको विकास समितिको हलमा पत्रकार सम्मेलन गरेर राजीनामा दिएका हुन्।
राजीनामा दिने मन्त्रीहरुमा पूर्व माओवादी समूहबाट मन्त्री भएका वर्षमान पुन, शक्तिबहादुर बस्नेत, गिरिराजमणि पोखरेल, श्रममन्त्री रामेश्वर राय यादव र बिना मगर रहेका छन् ।
यसैगरी माधव नेपाल समूहबाट मन्त्री भएका घनश्याम भुसाल र योगेशकुमार भट्टराईले पनि राजीनामा दिएका छन्।
उनीहरुले भनेका छन्, ‘राजनीतिक मूल्य र स्थिरताको प्रतिकूल हुनेगरी चालिउको कदमप्रति गम्भीर असहमति जनाउँदै हामीले मन्त्री पदबाट राजीनामा गरेका छौं ।’
गृहमन्त्री रामबहादुर थापा बादल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले भने राजीनामा दिएका छैनन् ।