आयोगका उपाध्यक्षले दिए राजीनामा

124
  •  
  •  
  •  

रुपन्देही । प्रदेश ५ का योजना आयोगका उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । उनले मुख्यमन्त्री शंकर पोखरेलसमक्ष राजीनामा दिएका हुन् ।

श्रेष्ठले जेठ १४ गते नै राजीनामा दिएको भएपनि बजेट सार्वजनिक गर्नु अघि गोप्य राखिएको थियो । डा. श्रेष्ठको बिदाई भएको छ ।

नेपाल राष्ट्र बैकको निर्देशकबाट काजमा प्रादेशिक योजना आयोगको उपाध्यक्षमा आएका श्रेष्ठ कार्यकारी निर्देशकमा पदोन्नति भएपछि पुनः राष्ट्र बैक नै फर्कने जनाइएको छ ।


  •  
  •  
  •