पुनर्निर्माणमा जुटेका इन्जिनियरहरुले दिए सामुहिक राजीनामा

467
  •  
  •  
  •  

काठमाडौं, १२ वैशाख(ओएनएस) : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियरहरुले सामूहिक राजीनामा दिएका छन् ।
सरकारले भत्तालगायतका सेवा सुविधा उपलब्ध नगराएको भन्दै भन्दै सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन् ।

४ वर्ष अघि विनाशकारी भूकम्प गएको स्मृतिमा बिहीबार देशभर विभिन्न कार्यक्रम भईरहँदा पुनर्निर्माणमा जुटेका इन्जिनियरहरुले भने सरकारले आफूहरुको माग सुनुवाई नगरेको भन्दै काठमाडौंमा पत्रकार सम्मेलन गरी सामूहिक राजीनामा दिएको जानकारी गराएका छन् ।

पत्रकार सम्मेलनमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्राविधिक राष्ट्रिय हक हित संरक्षण समितिका अध्यक्ष अविनाश अमरले भत्तालगायतका सेवा सुविधा उपलब्ध गराउन गर्दै आएको माग नौ महिनासम्म पनि सरकारले सुनुवाई नगरेपछि ३२ जिल्लामा पुनर्निर्माणमा जुटेका इन्निनियरहरु सामूहिक राजीनामा दिन बाध्य भएको बताए ।

प्राधिकरणका इन्जिनियरहरुले विगत नौ महिनायता कटौति गरिएको भत्तालगायतका सेवा, सुविधा उपलब्ध गराउन सरकारसँग माग गर्दै आन्दोलन गर्दै आएका थिए। तर त्यसको सुनुवाई नभएपछि बाध्य भएर राजीनामा दिनु परेको अध्यक्ष अमरले बताए ।

समितिले आफूहरुको माग सरकारले सम्बोधन गरे पुनर्निर्माणको काममा पुनः फर्कने प्रतिवद्धता समेत जनाएको छ ।
भत्तालगायतको सेवा, सुविधा उपलब्ध गराउन माग गर्दै करिव १ हजार ५ सय इन्जिनियरहरुले गत फागुन २५ गतेबाट आन्दोलन शुरु गरेका थिए ।


  •  
  •  
  •