समाज कल्याण परिषद्का पदाधिकारीहरूले दिए राजीनामा

102
  •  
  •  
  •  

काठमाडौं । समाज कल्‍याण परिषद्का उपाध्यक्षसहित सबै पदाधिकारीले संयुक्त राजीनामा दिएका छन् । परिषद्‍का सदस्य सचिव पुष्कर खाती, कोषाध्यक्ष लोकनाथ सुवेदी, सदस्यहरू नानीमाया नेपाल, गोविन्दबहादुर शाही, सुशील ज्ञवाली, ब्रह्मध्वज गुरुङ, मणिराम बन्जाडे र सञ्जयकुमार साहले सामूहिक राजीनामा दिएका हुन् ।

सबै पदाधिकारीहरूलाई केपी ओली नेतृत्वको सरकारले नियुक्ति दिएको थियो । सरकारले राजनीतिक प्रतिशोध राखेर राजीनामाका लागि दबाब दिएपछि आफूहरूले राजीनामा दिएको उनीहरूको आरोप छ ।


  •  
  •  
  •