महानायक हमाललाई एक लाख राशिको पुरस्कारसहित सम्मान गरिने

87
  •  
  •  
  •  

काठमाडौं । महानायक राजेश हमाललाई रु एक लाख राशिको पुरस्कारसहित सम्मान गरिने भएको छ ।

करीब तीन सय चलचित्रमा अभिनय गरिसक्नुभएका नायक हमालले नेपाली सिनेमा उद्योगको विकासमा महत्वपूर्ण योगदान गरेबापत साधना कला केन्द्रले सम्मान गर्न लागेको हो ।

केन्द्रले सोमबार गते ‘ट्रिब्युट टु मेगा स्टार राजेश हमाल’ कार्यक्रम गरी उक्त सम्मान प्रदान गरिने कला केन्द्रका अध्यक्ष मिलन मोक्तानले जानकारी दिए । सो अवसरमा नायक हमालले अभिनय गरेका विभिन्न चलचित्रका झण्डै ३० गीत विभिन्न कलाकारले गाउने छन् ।

भारतीय गायिका साधना सरगम उक्त कार्यक्रममा सहभागी हुने बताइएको छ । केन्द्रले २०५२ सालदेखि यस किसिमको कार्यक्रम गर्दै आएको छ ।


  •  
  •  
  •