५० औ जन्मदिन मनाउदै राजेश हमाल

152
  •  
  •  
  •  

काठमाडौं, २५ जेठ (ओएनएस) : अभिनेता राजेश हमालले आज ५० औ जन्मदिन मनाइरहेका छन् । अष्ट्रेलियाको मूख्य सहर सिड्नीमा एक भव्य कार्यक्रमका विच उनको जन्मदिन मनाइदैछ । साथसाथै नेपाली चलचित्रमा राजेश हमालले २५ बर्ष पुरा गरेका उपलक्ष्यमा यो भव्य आयोजना गरिएको हो ।

नेपालीटच इभेन्टले आयोजना गरेको उक्त इभेन्टका लागि राजेशप्रेमी सिड्नीमा भेला भइरहेकाछन् । सहर एडिलेबाट सुरु भएको हमालको यो स्वागत अन्य सहरमा पनि हुने आयोजकले जनाएको छ । विवाह सेलिब्रेसनको भोलीपल्टै अष्ट्रेलिया हुइकेका हमाललाई पत्नी मधुले फोनबाटै जन्मदिनको शुभकामना दिएकीछन् ।

hamal
movie ‘mukhauta’

नेपाली चलचित्र मुखौटाको बिशेष प्रदर्शनका लागि राजेश अष्ट्रेलिया पुगेकाहुन् । भर्खरै सुरुभएको कार्यक्रममा दर्शकको अपार उपस्थिती देखेर उत्साहित हुदै राजेशले आफ्नो फेसबुकमा फोटो अपडेट गर्न समेत भ्याएकाछन् । राजेशको जन्मदिनलाई भव्य बनाउन राजेश पायल राई र अन्जु पन्तले साङगितीक प्रस्तुती दिने कार्यक्रम रहेकोछ ।


  •  
  •  
  •  

Comments are closed.