राजेश हमालले गरे दोस्रो विवाह !

673
  •  
  •  
  •  

उमेरले झण्डै ५० नाघि सकेका नेपाली सिनेनगरीमा एकछत्र राज गर्दै आएका महानायक राजेश महालले दोस्रो विवाह गरेका छन् ।  केहि महिना अगाडी मात्र  मधु भट्टराई सगँ गरेका थिए । विवाह गरेको ३५ दिन नपुग्दै राजेशले दोस्रो विवाह गरेका हुन ।

10516874_10202920140817705_7291551590486942969_n
उनको पहिलो बिहे रियल लाइफमा भए पनि दोस्रो बिहे भने रिल लाईफमा भएको हो । पोखरामा हनिमुन मनाएर शुक्रबार मात्रै काठमाण्डौ फर्किएका हमालले शनिबार नायिका अशिष्मा नकर्मी सगँ एक म्युजिक भिडियोका लागी विवाह गरेका हुन् ।

भारतीय गायक शाहिद मालियाले गाएका नेपाली गीत ‘बिबस्ताले जिउदै मार्‍यो’बोलको गीतको म्युजिक भिडियोमा हमालले नायिका अशिष्मा सगँ विवाह गरेका थिए । हसिया निर्देशक मिलन चाम्सले निर्देशन गरेको म्युजिक भिडियोमा निलम आंङबुहाङ राइको शब्द रहेको छ । सो म्युजिक भिडियो निकै महंगो रुपैयामा खिचिएको बताइएको छ । मनोरन्जनबाट


  •  
  •  
  •