तीस दलीय मोर्चामा अब जाँदैनौ, छुट्टै आन्दोलन थाल्छौः अध्यक्ष महतो

211
  •  
  •  
  •  

काठमाडौ, २९ चैत (ओएनएस) : सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले तीस दलीय मोर्चाको औचित्य सकिएको भन्दै अब मोर्चाको बैठकमा मधेसवादी दलहरु सहभागि नहुने घोषणा गरेका छन ।

आईतवार राजधानीमा उनले भने, ‘तीस दलीय गठबन्धनले अब काम चल्दैन । मधेसीहरुलाई यो मोर्चा चाहिदैन ।’ महतोले तीस दलीय मोर्चाबाट अब मधेसीले अधिकार नपाउने ठोकुवा गर्दै अब मनोरञ्जन गर्नको लागि मात्रै मोर्चाको बैठकमा नजाने स्पष्ट पारे ।

उनले मोर्चाका अध्यक्ष प्रचण्डले के गर्छन आफूहरुलाई मतलब नभएको भन्दै प्रचण्डकै दोधारे चरित्रको कारण मोर्चा औचित्य हिन बनेको आरोप लगाए । महतोले मधेसीहरु आफै छुट्टै आन्दोलन गर्न सक्षम रहेकोले आन्दोलनको तयारीमा आफूहरु लागेको स्पष्ट पार्दै अब पनि मधेसीहरुले आरपारको लडाई लड्न नसके अधिकार नपाउने दावी गरे ।

छुट्टै मोर्चा गठन गरेर कठोर संघर्षको अन्तिम तयारी रहेको जानकारी दिदै बिना लडाई केही पनि प्राप्त नहुने निष्कर्समा आफूहरु पुगेको उनले बताए । महतोले अबको आन्दोलन उधारो सम्झौतामा नटुङगीने ठोकुवा गर्दै मधेस प्रदेशको भूमि कसैलाई पनि एक ईन्च दिन तयार नरहेको बताए ।

उनले भने,‘मधेस प्रदेशको एक ईन्च पनि दिदैनौ । मधेसमा बस्ने बसै मिलेर बस्छन । विभाजन हुन दिदैनौ गर्न खोजे दुर्भाग्यपूर्ण हुन्छ । तराईका पाँच जिल्लालाई मधेसी र पहाडीको नाममा विभाजन गर्न खोजिदैछ । त्यो मानिदैन । ’ राज्यमाथि आफूहरुलाई रत्ति पनि विश्वास नभएको भन्दै अबको आन्दोलन उधारोमा नभई सहमतिमा टुङगिने ठोकुवा समेत गरे ।

नेपाली काग्रेस संसदीय दलका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले चैत ३० गतेको संविधानसभाको बैठक पूर्व सांसद सलिम मियाँ अन्सारीको निधनमा शोक प्रस्ताव परित गर्दै सहमतिको लागि फेरि चार पाँच दिनकोलागि स्थगित हुने जानकारी दिए ।

उनले दलहरुवीच विभिन्न तहमा भईरहेको र सहमतिको नजिक पुगिसकेको दावी गर्दै प्रश्नावली तयार भईसकेको अवस्थामा आफूहरुले सहमतिकै लागि पटक पटक संविधानसभाको बैठक स्थगित गर्दै आएको बताए ।

श्रेष्ठले एमाओवादीले आफूहरुसँगको छलफलमा सहमतिकै लागि आन्दोलन स्थगित गरेर आएको जानकारी दिदै आफूहरु लचिलो भएर आएकोले सत्तापक्षलाई समेत लचिलो भएर सहमतिमा पुग्न आग्रह गरेकोले अब सहमतिको बातावरण बनेको बताए ।

श्रेष्ठले मधेसलाई मात्र संबोधन गरेर नभई पूर्वको लिम्बुवान र अखण्ड सुदुरपश्चिमबालाहरुसँग गरेको सहमति पनि कार्यान्वयन गर्ने दायित्व सरकारको भएको भन्दै कसैले मेरो गोरुको बाह्रै टक्का गर्न नहुने सुझाव दिए ।


  •  
  •  
  •