काठमाडौं आइपुगे लगत्तै महतोको प्रधानमन्त्री भेट्ने तयारी

160
  •  
  •  
  •  

काठमाडौं ३ माघ (ओएनएस) :
सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने तयारी छ । लामो समय वार्ता र सहमतिय प्रक्रियाबाट बाहिरजस्तै देखिएका महतोले आज दिल्लीबाट फर्केपछि भेटवार्ता गर्ने तयारी छ । समय भने तय भइनसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

उपचारका लागि दुई साता अघि भारत पुगेका सद्भावना अध्यक्ष राजेन्द्र महतो स्वदेश फर्किदै छन् । सुनसरीको विराटनगरस्थित रानी भन्सार नाका अबरोधका क्रममा घाइते भएपछि थप उपचारका लागि भारत पुगेका महतो आज दिउँसो स्वदेश फर्कन लागेका हुन् । महतो दिउँसो सवा १२ बजे त्रिभुवन विमानस्थल आइपुग्ने कार्यक्रम रहेको सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले जानकारी दिए ।


  •  
  •  
  •