राजेन्द्र महतोले भने–सकारात्मक वातावरण बन्दैछ

247
  •  
  •  
  •  

Rajendra-Mahato-madesh
धनुषा, ३ भदौ (ओएनएस) : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले निर्वाचनका लागि सकारात्मक वातावरण बनिरहेको बताएका छन् ।

बाढीपीडितलाई राहत वितरण गर्न बाढी प्रभावित क्षेत्र मधेशका जिल्ला पुगेका नेता महतोले निर्वाचनका लागि अनुकुल वातावरण बन्दै गएको बताएका हुन् । सञ्चारकर्मीसँग कुरा गर्दै महतोले मधेसको समस्या समाधानका लागि यही भदौ ५ गते हुने मतदानमा सम्पूर्ण दललाई सहभागी हुन गर्नुभयो ।

उहाँले मधेशका जिल्लामा राहतको कार्यक्रम प्रभावकारी हुन नसकेको गुनासो गर्दै राजपाले राहतका लागि रु २६ अर्बको माग गरेकामा सरकारले रु एक अर्ब निकासा गरे पनि सम्बन्धित जिल्लामा पुग्न नसकेको बताउँदै राहत वितरणका लागि प्राधिकरण नै गठन हुनुपर्ने माग गरे ।


  •  
  •  
  •