काठमाडौँ, २० चैत(ओएनएस) : चीनको साताव्यापी भ्रमण सकेर प्रधानसेनापति राजेन्द्र क्षत्री स्वदेश फर्किएका छन् ।
भ्रमण सकेर फर्किएका प्रधानसेनापति क्षत्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी बलदेव राज महतले स्वागत गरेका छन् ।
चीन भ्रमणका क्रममा प्रधानसेनापति क्षत्रीले चिनियाँ जनमुक्ति सेनाका सेनाध्यक्षका साथै उच्चपदस्थ अधिकारीहरूसँग भेटवार्ता गरेका थिए ।
यस किसिमको उच्च तहको भ्रमणले नेपाली सेना र चिनियाँ सेनाबीच रहंदै आएको आपसी सौहार्दपूर्ण सम्बन्ध र द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धलाई थप सुमधुर एवम् प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।