राजेन्द्र क्षेत्री प्रधानसेनापती पक्का

378
  •  
  •  
  •  

rajendraकाठमाडौं, १२ फागुन (ओएनएस)  : उपरथीबाट रथीमा बढुवा भएसँगै राजेन्द्र क्षेत्री भावी प्रधानसेनापती बन्ने पक्का भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले क्षेत्रीलाई रथीमा बढुवा गरेको हो ।

प्रधानसेनापती गौरव शमसेर जबराले आगामी भाद्र २२ मा अवकास पाउनेछन् । जबराको अवकाससँगै क्षेत्री प्रधानसेनापतीमा क्षेत्रीको नियुक्त हुनेछ ।

हालका रथीद्वय पवन पाण्डे र भिक्टर राणाले अवकास पाइसकेका छन् । यस्तै उपरथी प्रदीप विक्रम राणा र क्षेत्री प्रतिपस्र्धी भएपनि राणाको २०७२ बैशाख २५ गते अवकास पाउने भएपछि रोलक्रम मै प्रधानसेनापती नियुक्त हुने भएको हो ।

यस्तै मन्त्रिपरिषद्ले अर्थमन्त्री रामररण महतको संयोजकत्वमा ४ सदस्यीय गभर्नर सिफारिश समिति पनि गठन गरेको छ । बैठकले अर्थमन्त्री रामशरण महतको संयोजकत्वमा ३ सदस्यीय गभर्नर सिफारिश समिति गठन गरेको हो।

 समितिका सदस्यहरुमा पूर्व गभर्नर हिमालय सम्शेर जबरा र अर्थविद् पार्थिवेश्वर तिमल्सिना रहेका छन्। समितिको सिफारिशमा अर्को साता गभर्नर नियुक्त हुने अनुमान छ। उच्‍चस्तरीय प्रशान सुधार सुझाव तथा कार्यान्वयन समितिको अध्यक्षमा काशिराज दाहाललाई नियुक्त गरिएको छ।


  •  
  •  
  •