नेपाली सेनापति आजदेखि भारतको मानार्थ स्थलसेनाध्यक्ष

243
  •  
  •  
  •  

काठमाडौं २० माघ (ओएनएस) :  नेपाली सेनाले भारतसँग गोलीगठ्ठा माग्ने भएको छ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले भारत भ्रमणका क्रममा सैन्य सामग्रीको सम्झौत ागर्ने भएका छन् । उनी ६ दिने औपचारिक भ्रमणका क्रममा अहिले दिल्लीमा छन् । क्षत्रीलाई भारतका राष्ट्रपति प्रणव मुखर्जीले आज राष्ट्रपति भवनमा मानार्थ स्थलसेनाध्यक्षको दज्र्यानी चिह्न लगाइदिनेछन् ।

००७ सालपछि नेपाल र भारतका प्रधानसेनापतिहरू एक अर्काका मानार्थ सेनापति हुने प्रावधान छ । भारतीय सेनाअध्यक्षसँगको दुईपक्षीय भेटवार्ता गर्ने क्षत्रीले भारतीय सेनाध्यक्ष सिंहसँग दुईपक्षीय भेटवार्ता गर्नेछन् भने वायुसेना प्रमुख अरूप राहा, नौसेना प्रमुख रोबिनकुमार धोवानसँग पनि भेटवार्ता गर्नेछन् ।

उनले भारतका राष्ट्रपति तथा वरिष्ठ भारतीय अधिकारीलाई राष्ट्रपति विद्यादेवी भण्डारी तथा नेपाल सरकार र नेपाली जनताका तर्फबाट शुभकामना दिने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । क्षत्रीले मंगलबार भारतका विदेशमन्त्री सुष्मा स्वराज र रक्षामन्त्री मनोहर पारिकरसँग भेटवार्ता गर्ने गरिसकेका छन् ।


  •  
  •  
  •