प्रधानमन्त्री ओली सिके राउतको प्रवक्ता बनेको महतोको टिप्पणी

388
  •  
  •  
  •  

काठमाडौं, ११ चैत(ओएनएस) : राष्ट्रिय जनता पार्टी (राजपा)नेपालका नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय राजनीतिमा एकपछि अर्को अपरिपक्वता प्रर्दशन गरिरहेको दावी गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री ओली सिके राउतको प्रवक्ता बनेको टिप्पणी समेत गरे ।

उनले टीकापुर घटनालाई राजनीतिक घटनाको रुपमा बुझि दिन पनि सबैलाई आग्रह गरे । नेता महतोले तत्कालीन माओवादी सशस्त्र युद्धलाई जनयुद्ध भन्न मिल्ने तर टीकापुर घटनालाई अपराधिक गतिविधि भन्दै रेशम चौधरीलगायतका राजनीतिक व्यक्तिहरुलाई जन्मकैदको सजाय दिइको बताएका थिए ।

नेता महतोले झापा आन्दोलनलाई राजनीतिक आन्दोलन भनेजस्तै टिकापुर घटनालाई थरुहट आन्दोलनको रुपमा लिनुपर्नेमा जोड दिएका थिए ।


  •  
  •  
  •