रेशम चौंधरीलाई जन्मकैदको सजायविरुद्ध राष्ट्रिय विद्रोह गर्ने चेतावनी

326
  •  
  •  
  •  

काठमाडौं, २२ फागुन(ओएनएस) : राष्ट्रिय जनता पार्टी नेपालले पार्टीका सांसद रेशमलाल चौंधरीलाई जन्मकैदको सजाय तोक्ने जिल्ला अदालत कैलालीको फैसला मान्य नहुने बताएको छ ।

फाइल तस्बिर

राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतोले जनताको प्रतिनिधिलाई जन्मकैदको सजाय दिने फैसला दिने जिल्ला अदालत कैलालीको फैसला मान्य नहुने बताएका हुन् ।

नेता महतोले बुधबार अपरान्ह संघीय संसद भवन नयाँ बानेश्वरमा संचारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै पार्टीका सांसद चौंधरीलाई जन्मकैदको सजाय दिने अदालतको फैसला ‘अन्यायमाथिको पनि अन्याय’ भएको टिप्पणी गरे ।

उनले त्यसविरुद्ध मुलुकमा राष्ट्रिय विद्रोह शुरु गर्ने चेतावनी दिए ।  नेता महतोले पार्टीका सांसद चौंधरी आन्दोलनकारी भएको र उनीमाथि जन्मकैदको फैसला गर्नै अदालतले पुष्पकमल दाहाल, केपी ओली, गिरिजाप्रसाद कोइरालालाई किन जन्मकैदको सजाय नदिएको ? भनि आक्रोश पनि व्यक्त गरे ।
जिल्ला अदालत कैलालीले बुधबार हत्याको घटनाका आरोपित सांसद चौधरीसहित ११ जनालाई जन्मकैदको सजाय दिने फैसला गरेको थियो ।


  •  
  •  
  •