भारतीय अभिनेता राजीव कपूरको निधन

89
  •  
  •  
  •  


काठमाडौं । भारतीय अभिनेता राजीव कपूरको निधन भएको छ ।
हृदयाघातका कारण उनको मंगलबार निधन भएको उनका ठूला दाजु रणधीर कपूरले बताएको बीबीसीले जनाएको छ ।
५८ वर्षका राजीव राज कपूरका कान्छो छोरा हुन् भने रणधीर कपूर र ऋषि कपूरका भाइ हुन् ।

उनले राज कपूरको फिल्म ‘राम तेरी गंगा मैली’ बाट फिल्मी यात्रा शुरु गरेको थिए । ऋषि कपूरको निकै चर्चित फिल्म ‘प्रेम ग्रंथ लाई राजीव कपूरले निर्देशन गरेका थिए ।


  •  
  •  
  •