अष्ट्रेलियाका राजदूत दाहाललाई सरकारले फिर्ता बोलायो

44
  •  
  •  
  •  

फाइल तस्बिर

काठमाडौं । सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाललाई फिर्ता बोलाएको छ। आइतबार बसेको मन्त्रिपरिषद बैठकले दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको हो।
दाहालले आफूलाई फिर्ता बोलाउने सरकारको निर्णय गरेको हो । यसअघि राजदूत लक्की शेर्पा आर्थिक मामिलामा विवादमा मुछिएपछि नोभेम्बर २०१९ मा सरकारले दाहाललाई अष्ट्रेलियाको राजदूत नियुक्त गरेको थियो ।

साथै, मन्त्रिपरिषद् बैठकले ओमानका लागि नेपाली राजदूत शर्मिला ढकाल पराजुली र जापानी नियोगकी राजदूत प्रतिभा राणालाई अर्को निर्णय नभैञ्जेलसम्म निरन्तरता दिने निर्णय गरेको छ ।


  •  
  •  
  •