कतारका लागि नेपाली राजदूत कोइरालालाई फिर्ता बोलाइने

301
  •  
  •  
  •  

काठमाडौं, १२ वैशाख(ओएनएस) : सरकारले कतारका लागि नेपाली राजदूत रमेश कोइरालालाई फिर्ता बोलाउने भएको छ ।

 

मन्त्रीपरिषदको निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले कतारका लागि नेपाली राजदूतलाई फिर्ता गर्ने निर्णय भएको बताए ।

पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले भने, ‘किन र के को लागि फिर्ता गरिएको नसोध्नुस्, सरकारले राम्रो कामको लागि निर्णय गरेको हो ।’ कोइरालालाई तत्कालीन शेर बहादुर देउवाको सरकारले कांग्रेसको कोटाबाट नियुक्त गरेको थियो ।


  •  
  •  
  •