राजदूत आचार्यले बुझाए ओहदाको प्रमाणपत्र

572
  •  
  •  
  •  

काठमाडौं, २९ फागुन(ओएनएस) : भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले बुधबार भारतीय राष्ट्रपति रामनाथ कोविन्दसमक्ष ओहदाको प्रमाणपत्र बुझाएका छन् ।

नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित एक कार्यक्रमकाबीच आचार्यले ओहदाको प्रमाणपत्र बुझाएका हुन् ।
आचार्यलाई केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गएको माघ २० गते भारतका लागि नेपाली आवासीय राजदूतमा नियुक्त गरेकी थिइन् ।

राजदूतमा नियुक्त आचार्य गएको फागुन १६ गते कार्यभार सम्भाल्न दिल्लीस्थित नेपाली दूतावास पुगेका थिए ।
राजदूत बनेर दिल्ली पुगेका आचार्यले भारतीय जनता पार्टीका नेता भगतसिंह कोशियारीलगायतका भारतीय राजनीतिज्ञहरुसँग भेट गरिसकेकी छन् ।


  •  
  •  
  •