२१ स्थानमा राजदूत नियुक्तिको तयारी

147
  •  
  •  
  •  

काठमाडौं १४ पुस ।
केपी शर्मा ओली नेतृत्व गठबन्धन सरकारले सबै राजनीतिक दललाई भाग पुग्नेगरी राजदूत नियुक्तिको तयारी अगाडि बढाउने भएको छ । कूटनीतिक सक्रियताको साथै अन्तराष्ट्रिय लविङ समेत आवश्यक परेको अवस्थामा दर्जन मित्र मुलुक राजदूत विहीन भएको भन्दै सरकारले नियुक्ति अघि बढाउन लागेको हो । आगामी तीन महिना भित्र अन्य १० मुलुक खाली हुने हुनाले तत्काल नियुक्ति थलिने भएको हो । यसअघिको सरकारले राजनीतिक भागवण्डा नमिल्दा राजदूत नियुक्त गर्न सकेको थिएन् । पहिले झै लम्विदै गए अहिले पनि सहज नियुक्ति हुने देखिदैन ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलाई छोडेर एमाले, एमाओवादी, राप्रपा नेपाल, राप्रपा र अन्य साना दलका केही सदस्य समेत रहने गरि सरकारले राजदूत नियुक्त गर्ने तयारी अघि बढाएको हो । प्रधानमन्त्री कार्यालयले अहिले खाली रहेको देखि छ महिना भित्र खाली हुने दुतवास समेतको सूचि परराष्ट्रसँग यसअघि नै मागेको हो । सूचि लगत्तै हरेक मुलुकको राजदुतको परिश्रमित र भत्ता समेतको बर्गिकरण माग गरेकोले नियुक्तिको तयारी अघि बढेको हुनसक्ने परराष्ट्र अधिकारीहरुले बताए ।

मन्त्रालय फुटाउने, जनतलाई राहत दिन नसक्ने जस्ता विषयले आलोचित बनेको सरकारले राजदुतको आधार तय गरेर अब्बल कूटनीतिज्ञलाई मात्र पठाएर छवि सुधारको थालनी गर्ने स्रोतको दावी छ । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले सक्षम ब्यक्तिलाई मात्र राजदूत नियुक्त गर्ने बताइसकेको कारण अहिले कूटनीतिक नबुझेका र सम्वन्धित मुलुकको भाषा र अंग्रेजीमा दख्खल नराखेका ब्यक्ति राजदूत हुन कठिन छ, प्रधानमन्त्री कार्यालयका बरिष्ठ अधिकारीले बताए ।

जापान, चीन, जर्मनी, खाडी मुलुकले आफ्नो मुलुकको भाषा जानेका राजदूतलाई बढि प्राथमिकता दिदै आएकोले पनि सरकारको ध्यान अंग्रेजी बाहेक सम्वन्धीत मुलुकको भाषामा पनि ध्यान गएको हो । कार्यकारी र राष्ट्रप्रमुखले समेत आफ्नो मुलुकको भाषा जानेका कूटनीतिज्ञलाई छुट्टै भेट्नेहुनले सम्वन्धलाई उचाईमा राख्न समेत यसबाट मद्दत पुग्ने ति अधिकारीको दावी छ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले कान्तिुरलाई भने, ‘नियुक्तिको तयारी अघि बढाइने छ । सरकारको प्राथमिकतामा परेको हुनाले छलफल भइरहेको छ । अब्बल ब्यक्तिहरु नै राजदूत नियुक्त हुनेछन । अहिलेको जस्तो अवस्था रहनेछैन ।’

अहिले बेलायत, जर्मनी, ब्राजिल, इजिप्ट, साउदी अरेविया, कतार, श्रीलंका, ओमान, बहराइन, जापान र बंगलादेश गरि ११ स्थान राजदूत विहिन छ । आगामी तीन महिना भित्र चीन, युनाईटेड अरब इमिरेट्स (यूएई), दक्षिण कोरिया, म्यानमार, इजरायल, अस्ट्रेलिया, पाकिस्तान, डेनमार्क, रसिया र बेल्जियम (इयु–राजदूत) १० स्थानमा खालि हुदैछ । ति सबै स्थानमा सरकारले एकै पटक राजदुत नियुक्ति गर्न सक्छ । सरकारले यो संगै कूटनीतिक थिंक ट्यांक परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा पनि कार्यकारी प्रमुख नियुक्त गर्नपर्नेछ । कूटनीतिमा २२ स्थान नियुक्ति तत्काल अघि बढ्ने रिमालले बताए । कान्तिपुरबाट


  •  
  •  
  •