सिफारिस राजदुतहरु संसदीय कठघरामा,सनुवाई जारी

113
  •  
  •  
  •  

काठमाडौं ६ असोज (ओएनएस) :
ब्यवस्थापिका संसदको संसदीय सनुवाई समितिले आज सिफारिस राजदुतका विषयमा सनुवाई गर्ने भएको छ । विभिन्न देशका लागि सरकारले केहीदिनअघि सिफारिस गरेका राजदुतका विषयमा सनुवाई गर्न लागेको हो । सअहिले बिहान सुरु सिंहदरबारमा बसिरहेको संसदिय सुनुवाई समितिको बैठकमा राजदुत नियुक्तिको विषयमा केन्द्रित भएर छलफल हुन समितिले जनाएको छ ।

समितिले तीन दिन अघि स्विट्जरल्याण्डका लागि नेपाली राजदुत दिपक धिताल, फ्रान्सका लागि अम्बिकादेवी लुईटेल र क्यानडाका लागि कालीप्रसाद पोखरेसँग बयान लिइसकेको छ । सरकारले ६ देशका लागि राजदुत सिफरिस गरेकामा अब बाँकी तीन देशका लागि सिफरिस भएकासँग छलफल हुन लागेको हो ।

समितिमा आज थाईल्याण्डका लागि सिफारिस हुनु भएका खगनाथ अधिकारी, कुवेतका लागि सिफारिस हुनु भएका यज्ञबहादुर हमाल र दक्षिण अफ्रिकाका लागि सिफरिसमा पर्नु भएका अमृत राईसँग छलफल गर्न लागेको हो । सरकारले गरेको सिफारिस उम्मेदवारहरुसँग उनीहरुको रुचि र भावी योजना लगायतका बिषयमा समितिले छलफल गरेपछि मात्रै अरु प्रक्रिया अघि बढाउनुपर्ने कानुनी प्रावधान छ ।


  •  
  •  
  •