६ राजदुतको नाम अनुमोदन

61
  •  
  •  
  •  

काठमाडौं, ६ असोज (ओएनएस) : संसदीय सुनुवाई विशेष समितिले सरकारले प्रस्ताव गरेका ६ राजदुतलाई अनुमोदन गरेको छ । सोमवार बसेको सुनुवाई समितिको बैठकले ६ जना राजदुतलाई अनुमोदन गरेको हो ।

भदौ १९ गते बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न मुलुकमा रिक्त राजदुतमध्ये थाईल्याण्डमा खगनाथ अधिकारी, जेनेभामा दिपक धिताल, फ्रान्समा अम्बिका देवी लुईँटेल, दक्षिण अफ्रिकामा अमृतबहादुर राई, क्यानाडामा कालीप्रसाद पोखरेल र कुवेतमा यज्ञवहादुर हमाललाई प्रस्ताव गरेको थियो । सरकारले प्रस्ताव गरेपनि संसदीय सुनुवाई अनिवार्य मानिन्छ । समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्ती गर्ने प्रावधान रहेको छ ।


  •  
  •  
  •