प्रदेश ३ : राजधानी काभ्रेलाई तोक्न प्रस्ताव दर्ता(प्रस्ताव-पत्रसहित)

327
  •  
  •  
  •  

काठमाडौं, १४ चैत (ओएनएस) : प्रदेश ३ को राजधानी तोक्न प्रदेश संसदमा प्रस्ताव दर्ता भएको छ। काभ्रेका प्रदेशसभा सदस्य चन्द्रबहादुर लामाले प्रदेश ३ को राजधानी तोक्ने विषयमा प्रदेशसभामा बुधबार प्रस्ताव दर्ता गरेका हुन्।

संविधानकाे धारा २८८ काे उपधारा (२) बमाेजिम सांसद लामाले प्रदेश ३ को राजधानी काभ्रे तोक्ने भन्दै प्रस्ताव दर्ता गराएका हुन। काभ्रेकै अन्य तीन प्रदेशसभा सदस्य उनको प्रस्तावमा समर्थक बनेका छन्। लामाको प्रस्तावमा प्रदेशसभा सदस्यहरु रत्न ढकाल, बसुन्धरा हुमागाईं र लक्ष्मण लम्सालले समर्थन जनाएका हुन्।

प्रदेशको भौगोलिक अवस्थिति, जनचाहना, पहुँचको सुलभता, भौतिक पूर्वाधार लगायतका दृष्टिकोणले काभ्रेमा प्रदेशको राजधानी तोक्नुपर्ने उनले माग गरेका छन्। प्रदेशका सबै सर्वसाधरणलाई अस्थायी राजधानी हेटौंडा उपयुक्त नभएकाले उपयुक्त हुने स्थानमा राजधानी तोक्न आफूहरुले प्रस्ताव दर्ता गरेको एमाले सांसद लामाले बताए।

संविधानमा २ तिहाई मतबाट राजधानी तोक्न सकिने प्रावधान छ।


  •  
  •  
  •