असोसियो उपाध्यक्षमा राजभण्डारी विजयी

64
  •  
  •  
  •  

काठमाडौ, १८ कात्तिक(ओएनएस) :  एसियन ओसिनियन कम्प्युटिङ् इण्डष्ट्रि अर्गनाइजेसन(असोसियो) उपाध्यक्षमा कम्प्युटर एसोसिएसन अफ नेपाल(क्यान)का पूर्वअध्यक्ष सञ्जीव राजभण्डारी विजयी भएका छन् ।

भियतनामको हनवाई सहरमा गत अक्टोबर ३० मा भएको असोसियोको कार्यसमिती निर्वाचनमा राजभण्डारी सो पदमा निर्वाचित भएका हुन् ।
सन् १९८४ मा स्थापना भएको असोसियोमा एसिया प्रशान्त क्षेत्रका २३ देश सदस्य छन् ।

असोसियोले सुचना प्रविधिको क्षेत्रमा विकास विस्तारको काम गर्दै आएको छ । नेपाल पनि यसको सदस्य राष्ट्र हो । निर्वाचित राजभण्डारी नेपाल उद्योग वाणिज्य महासङ्घको कार्यकारिणी सदस्य तथा यस अन्तर्गतको आईसीटी विकास समितीका सभापति समेत हुन् । एसिया प्रशान्त क्षेत्रका सुचना प्रविधिसँग सम्बन्धित संस्थाहरूको छाता सङ्गठन हो ।


  •  
  •  
  •