राजस्थानको पाँचौ जित, चेन्नईको पहिलो हार, मुम्बईले खोल्यो खाता

215
  •  
  •  
  •  

काठमाडौ, ७ बैशाख(एजेन्सी) : इण्डियन प्रिमियर लिग(आईपिएल) प्रतियोगिताको जारी खेलहरूमा आइतबार सम्पन्न खेलहरूमा राजस्थान रोयल्स र मुम्बई इण्डियन्स विजयी भएका छन् । जारी आईपिएलमा अपराजित रहेको राजस्थानले अर्को अपराजित टोली चेन्नई सुपर किङ्ग्सलाई ८ विकेटले पराजित गरेको छ भने आफ्ना सबै खेलमा पराजय भोगेको मुम्बईले आफूभन्दा एक स्थान माथी रहेको रोयल च्यालेन्जर्सलाई १८ रनले पराजित गरेको छ ।

rajsthan royals vs chennai super kings1आइतबार भएको पहिलो खेलमा राजस्थानले चेन्नईले दिएको १ सय ५७ रनको विजय लक्ष्य १० बल बाँकी रहँदा २ विकेटको क्षतिमा भेट्टाएको थियो । राजस्थानलाई जित दिलाउनका लागि अजिक्य रहाणेले अविजित रहँदै ५५ बलमा ७६ रन जोडेका थिए भने रहाणेसँग पहिलो विकेटका लागि १ सय ४४ रनको साझेदारी गरेका कप्तान शेन वाटसनले ४७ बलमा ७३ रन जोडेका थिए । चेन्नईका लागि रवीन्द्र जडेजा र ड्वेन ब्राभोले समान १-१ विकेट लिएका थिए ।

यसअघि टस जितेर ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ५६ रन जोडेको थियो । उसका लागि ड्वेन ब्राभोले अविजित रहँदै ३६ बलमा ६२ रन जोडेका थिए भने ड्वेन स्मिथले २९ बलमा ४० रन र कप्तान महेन्द्र सिंह धोनीले अविजित रहँदै ३१ रन जोडेका थिए । राजस्थानका लागि अंकित शर्मा, क्रिस मोरिस, प्रविण ताम्बे र जेम्स फल्कनरले समान १-१ विकेट लिएका थीए । खेलको म्यान अफ दी म्याच अजिक्य रहाणे घोषित भएका छन् ।

mumbai indiansयस्तै, दोस्रो खेलमा २ सय १९ रनको विजय लक्ष्य पछ्याएको बेङ्ग्लोरले निर्धारित २० ओभरमा ७ विकेटको गुमाउँदै १ सय ९१ रन मात्र जोड्न सफल भएको थियो । बेङ्ग्लोरका लागि डेभिड विसेले अविजित रहँदै २५ बलमा ४७ रन जोडेका थिए भने एबी डिभिलियर्सले विस्फोटक ब्याटिङ गर्दै मात्र ११ बलमा ४१ रन जोडेका थिए । मुम्बईका लागि हरभजन सिंहले ३ विकेट लिएका थिए भने म्याकक्लेङ्गान, लासिथ मलिंगा, बुम्राहले समान १-१ विकेट लिएका थिए ।

यसअघि टस हारेर ब्याटिङ थालेको मुम्बई इण्डियन्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ९ रन जोडेको थियो । उसका लागि लेन्डिल सिम्मोन्सले ४४ बलमा ५९ रन, उन्मुक्त चन्दले ५८ रन, रोहित शर्माले ४२ रन जोडेका थिए । यता बेङग्लोरका लागि डेभिड बाइजले ४ विकेट लिएका थिए भने युज्भेन्द्र चाहालले २ विकेट हात पारेका थिए । खेलको म्यान अफ दी म्याच हरभजन सिंह घोषषित भएका छन् ।
जितसँगै राजस्थान रोयल्सले लगातार ५ जितसहित पहिलो स्थानमा कायम रहेको छ भने चेन्नई हारका बाबजुत दोस्रो स्थानमा कायमै छ ।

यस्तै, मुम्बई इण्डियन्स जित हासिल गर्दै अंकतालिकामा पुछारबाट दोस्रो स्थानमा रहेको छ । पुछारबाट दोस्रो स्थानमा रहेको बेङ्ग्लोरलाई पराजित गर्दै मुम्बई एक स्थान माथि उक्लन सफल भएको हो ।

आजको खेलमा दिल्ली डेयरडेभिल्स र कोलकाता नाइट राइडर्सबीच प्रतिपर्धा हुनेछ ।


  •  
  •  
  •